शुक्रबार, अशोज १४, २०७९

Ratopress

Advertisment

SKIP THIS

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो।

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो। नेपाल समाचार पत्र दैनिकबाट