
दाङ । दंगाली गायक तथा संगितकार अमर दर्लामी मगरको लोक आधुनिक गीत ‘मुना मदन’ बिहिवार सार्वजनिक भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी मगरको शब्द/ संगितमा रहेको गीत बिहिवार कला सुप्तिहाङ राई युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
कला सुप्तिहाङ राईको स्वरमा रहेको गीतमा चोखो मायालाई धनसम्पती र जातले कुनै प्रभाव पार्दैन र मुना मदन जस्तो चोखो माया हुँदाहुँदै विदेशीनु पर्दा कस्तो पीडा हुन्छ भन्ने संदेश दिन खोजेको छ ।
यस गीतमा विजय बलाल मगर र शिसम बान्तवा राईले अभिनय गरेका छन् । भने भिडियो छांयाकन तथा दृश्य निमार्ण लोचन भुसालले गरेका छन् । यस्तै भिडियो सम्पादन कमल रानाले गरेका छन् ।
कालाकाटे स्थित प्रतिष्ठा एकेडेमी बोर्डिङ स्कुलका शिक्षक समेत रहेका मगरले यस अघि २ वटा गीत बजारमा ल्याईसकेका छन् । उनले यस अघि लोक दोहोरी गीत रगत नशाले र लोक आधुनिक गीत मरे म त लौ रहेका छन् ।
पुरा भिडियोको लागि :