सोमवार, मंसिर १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुमा छोरीले गरीन आमाको काजकिरिया

घनु गाहा/ (चन्द्रौटा) कपिलवस्तु ।

हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि नेपाली समाजमा रहँदै आएको छ ।

समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेकी छिन्, कपिलवस्तु शिवराज -५ चैनपुर निवासी खुस्बु थापा । उनले आफ्नो दिवङ्गत आमाको क्रिया बसेकी छिन । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्वीकार गर्दै उनी क्रिया बसेकी हुन् ।

खुस्बु थापा कोरा भित्र बसेर आमाको काजकिरिया गर्दै ।

थापा कोरा भित्र किरिया बसेकी छिन । आमालाई दागबत्ती दिने र किरिया बस्ने खुस्बु २६ वर्षिय अविवाहित काईली छोरी हुन । उनी अध्ययनको सिलसिलामा अमेरिकामा गएकी थिइन । उनले अमेरीकामा आईटीमा मास्टर्स गर्दै छिन । आमाको निधनपछि उनी अमेरीकाबाट आमाको काजकृयाका लागि नेपाल फर्केकी हुन ।

आफ्ना आमाबाबुको मृत्यु पश्चात् छोराहरू कोरा पसेर किरिया गर्ने प्रचलन रहेपनि खुस्बु भाई आशमान थापासँगै कोरामा किरिया बसी रहेकी छिन । ४९ वर्षीया आमा धना थापाको असामायिक निधन भएपछि किरियामा बसेको खुस्बु बताउँछिन ।

खुस्बुको आमा धना थापा

खुस्बुको बाबु नरेन्द्र थापा एक समाजसेवी एवं राजनितिज्ञ भएकै कारण पनि उनलाई कृया बस्न सहज भएको उनले बताईन ।

लिङ्गको आधारमा छोरा र छोरीहरूले पनि आफूलाई जन्मदिने बुवा आमाहरुको रेखदेखका साथै मृत्युपछि गरिने संस्कारमा सहभागी हुन सक्छन् भने उदाहरणको रूपमा आफू किरिया बसेको खुस्बु बताउँछिन् ।

बुवा आमाको काजकिरिया छोराहरूले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खुस्बुले गरेको साहसलाई सबै छोरीहरुले स्रहाना गर्नुपर्ने देखिन्छ ।