
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शितगंगा नगरपालिका वडा नं. ८ मा वडा स्तरीय तिज गीत प्रतीयोगीता हुने भएको छ ।
शितगंगा-८ वडा कार्यालयको आयोजनामा आगामी भाद्र ११ गते शनिवारका दिन लाहापे माविको प्राङ्गणमा तिज गीत प्रतियोगिताको आयोजना गरिएको वडा सचिव मिना पन्थीले जानकारी दिएकी छिन ।
वडा स्तरिय तीज गीत प्रतियोगीतामा वडा भित्रका संघ संस्था, विद्यालय, महिला समूह, आमा समुह तथा विभिन्न समूहका रुपमा सहभागी हुन पाउने बताईएको छ ।
वडा स्तरिय तीज गीत प्रतियोगीता सहभागी प्रतियोगी बिचमा प्रतिस्पर्धा गराई प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई पुरस्कार क्रमश. ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
शितगंगा- ८ स्तरीय तीज गीत प्रतीयोगीतामा सहभागी समूहहरुलाई पहिचान झल्किने तथा परम्परागत भेषभुषा, नेपाली संस्कार संस्कृति तथा महिला सम्बन्धि चेतनामुलक गीत संगीत, वाद्यवादन, मर्यादित भाषाको प्रयोगको लागि अनुरोध गरिएको छ ।