आइतवार, अशोज ९, २०७९

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -९ मा वडास्तरीय तीज गीत प्रतियोगीता हुने

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शितगंगा नगरपालिका वडा नं. ९ मा वडा स्तरीय तिज गीत प्रतीयोगीता हुने भएको छ ।

शितगंगा-९ वडा कार्यालयको आयोजनामा आगामी भाद्र ११ गते शनिवारका दिन करमगैरामा रहेको वडा कार्यालयमा तिज गीत प्रतियोगिताको आयोजना गरिएको वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिएका छन् ।

वडा स्तरिय तीज गीत प्रतियोगीतामा वडा भित्रका संघ संस्था, विद्यालय, महिला समूह, आमा समुहका रुपमा सहभागी हुन पाउने बताईएको छ ।

वडा स्तरिय तीज गीत प्रतियोगीता सहभागी प्रतियोगी बिचमा प्रतिस्पर्धा गराई प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई पुरस्कार क्रमश. ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

शितगंगा- ९ स्तरीय तीज गीत प्रतीयोगीतामा सहभागी समूहहरुलाई पहिचान झल्किने तथा परम्परागत भेषभुषा, नेपाली संस्कार संस्कृति तथा महिला सम्बन्धि चेतनामुलक गीत संगीत, वाद्यवादन, मर्यादित भाषाको प्रयोगको लागि अनुरोध गरिएको छ ।