आइतवार, अशोज ९, २०७९

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिमा सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन नपाउने

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क उठाउन नपाइने निर्णय गरेको छ ।

आज बसेको कार्यपालिकाको बैठकले नगरभित्रका सबै सामुदायिक बिद्यालयले कुनै पनि बहानामा बिद्यार्थीबाट शुल्क उठाउँन नपाइने निर्णय गरेको हो ।

साथै यस कार्यलाई प्रभावकारी बनाउँन ५ सदस्य अनुगमन समिति गठन गरिएको नगरका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष तिलक बस्नेतले जानकारी दिनुभएको छ ।