शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

कुलाले बगाउँदा एक महिलाको मृत्यु

भक्तिराम घिमिरे । कपिलवस्तु जिल्लाको बुद्धधभूमि नगरपालिका वडा नम्बर १ पत्थरकोटमा कुलाले बगाउदा एक जना महिलाको मृत्यु भएएको छ । शितगंगा नगरपालिका वडा नं. ११ घर भएकी अन्दाजी ३५ बर्षिय जानकी रास्कोटिको आज दिउसो ३:४५ बजेतिर रानिकुवाबाट बग्ने पत्थरकोट सिचाइ कुलोले बगाउदा ज्यान गएको मृतकका दाजु धन बहादुर कुवरले जानकारी दिए ।

मृतकका ३ छोरी र २ छोरा रहेका छन । फटके तर्ने क्रममा फटकेबाट चिप्लीएर कुलामा बगेको बताइएको छ । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय गोरुसिङे प्रहरी टोली गएको इलाका प्रहरी कार्यलय गोरुसिङेले बताएको छ ।