आइतवार, अशोज ७, २०८०

Ratopress

Advertisment

SKIP THIS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मेयर अजय थापा मनोनीत

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा मनोनीत भएका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले २०७९ सालको स्थानीय चुनावमा राप्रपाबाट शिवराज नगरपालिकाको नगर प्रमुखमा विजयी भएका अजय थापालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन ।

अध्यक्ष लिङ्देनले थापा सहित ५३ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन । महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । राप्रपाको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहेको भनिएको थियो । पछि फेरि २५१ जनाको केन्द्रीय समिति रहने सक्ने गरी वैधानिक व्यवस्था गरेको प्रवक्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना पुगेको छ ।

बिहीबार केन्द्रीय समिति बैठकअघि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । राप्रपाको केन्द्रीय समिति बैठक आज बिहीबार र भोली शुक्रबार राजधानीमा हुँदैछ ।
थपिएका केन्द्रीय सदस्यहरूमा रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, गुणराज भण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ, राम थोकर, हजवुल मियाँ, नवराज पनेरू, तोया लम्साल, प्रेम थाम्सुहाङ, मानदेव केरूङ, सोभियत उप्रेती, उदय सापकोटा, अनुबम श्रेष्ठ, युवराज घिमिरे, गणेश चन्द, गणेश बिष्ट, मीनबहादुर कुँवर, शक्ति सापकोटा, सरीता देवकोटा, अभिषेक जोशी, विश्वमोहन थापा, अजय थापा, अंगद ठाकुर, शिवराम थापा, बिनिता मगैया, सीता बस्याल, हुमा पाण्डे, राजु बस्नेत, जगत गौचन, रामशरण पाठक, केदार अधिकारी, केदार न्यौपाने, सम्झना चौधरी, उदयसिं मुस्याजु, राजाराम श्रेष्ठ, चेतनाथ शर्मा, शिवशङ्कर यादव, प्रमोद गोयन्का, देवी कँडेल, बिपि कांग्रेसबाट, दिपक कार्की, सुदर्शन सिटौला र झवेन्द्रराज आचार्य रहेका छन ।