शनिबार, जेष्ठ २०, २०८०

Ratopress

Advertisment

SKIP THIS

मेयर उपमेयर सहितको कृषि टोली हावाहुरीले नोक्सान पुर्‍याएको मकै वालीको स्थलगत अनुगमनमा

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तरगत वडा नं. ६ मा असार ३१ को हावाहुरीले नोक्सान पुर्‍याएको वस्तिहरूमा मेयर उपमेयर सहितको कृषि शाखाको टोलीले स्थथलगत अनुगमन गरेको छ ।

नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ ।

हाम्रो मुख्य वाली मकै हो अहिले तयारी हुन आटेको मकै एक्कासी आएको हावा हुरीले मेरो १७ रोपनीमा लगाएको मकै सबै ढलेको छ । कहिले फौजी किरा, कहिले सलह किरा, कहिले बन्यजन्तुबाट जोगाउन गाह्रो हुने समस्या देखिन्छ । अहिलेको हावाहुरीबाट विउ पनि जोगाउन मुस्किल हुने कृषक इन्द्र विकले गुनासो गरे ।

सबै नोक्सान भएजतिको विवरण वडा मार्फत रिपोर्ट गरे अनुसार उचित क्षतिपूर्ति दिलाउने कुरामा कुनै कसर नराख्ने मेयर छविलाल पौडेलले बताए ।

अनुगमनमा क्रममा वास्तविक पिडित कृषकलाई क्षतिपूर्ति दिलाउन आफु लागिपर्ने उपमेयर गिता भाटले बताईन ।

यसपाली धानको विवरण संकलन जस्तो नभई वास्तविक पिडित कृषकले राहत पाउने कुरामा ढुक्क हुन कृषि शाखा प्रमुख अनिल शर्माले बताए ।

अनुगमनको क्रममा कार्यपालिका सदस्य कमला परियार, वडा नं. ६ का वडा सचिव हिमलाल भुसाल, एकिकृत समाजवादीका नेता गोविन्द पोख्रेल, स्थानिय कमल आचार्य, ऋषिराम भट्टराई, टामलाल ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

हरेक वडाका कृषकलाई माटो र स्थान अनुसारको कुन विउ प्रयोग गर्ने, कतिपटक गोडमेल गर्ने, कुन विषादी कुन मल प्रयोग गर्ने, प्राविधिक ज्ञान नहुदा पनि यस्ता घटनाको सामना कृषकले भोग्नु परेको छ | त्यसैले एक वडा एक कृषि प्राविधिक भए मात्र कृषकले केहि राहत पाउन सक्ने तर्फ नगरपालिकाको ध्यान जान जरुरी छ ।