बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

दुवै मृगौला फेल भएका फौजी बहादुर विकले गरे सहयोगको अपिल

कपिलवस्तु । दुबै मृगौला फेल भई उपचारत कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ मैटहवाका ६५ वर्षीय फौज बहादुर विकले सहयोगको अपिल गरेका छन । दुबै मृगौला फेल भई हाल लुम्बिनी हस्पिटल बुटवलमा उपचारत गराइरहेका उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन ।

फौजी बहादुर विक आर्थिक अभावका कारण डाईलोसिस गर्न सकेका छैनन । दुईवटै मृगौला फेल भएका विक आर्थिक अभावमा डाईलोसिस गर्न नसक्ने अवस्था भएपछि जीवन मरणको दोसाधमा छन ।

आर्थिक अवस्था कमजोर भएका विकको गत वर्ष असोजमा स्वास्थ्य परीक्षणका क्रममा उनको दुबै मृगौला फेल भएको रिपोट आएको थियो । दुबै मृगौला फेल भएको रिपोट आएसँगै उनको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । ऋणधन खोजी उपचार गराएका विकको हप्तामा दुई पटक दुवै मृगौलाको डाईलोसिस गराउनु पर्ने उनले बताए ।

चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मृगौला फेर्नुको विकल्प नभएकाले एउटा मृगौल फेर्नुपर्ने बताएका छन ।

यस अघि लुम्बिनी अस्पताल बुटवलमा उपचार गराई राखेका उनको अहिलेसम्म उपचारमा २ लाख ५० हजार भन्दा बढी खर्च भइसकेको छ । सम्पत्तिको नाममा ५ धुर जग्गामा रहेको खरको झुपडी बाहेक अरू केही नभएका विकले आफूलाई बचाइन दिन सबैसँग आग्रह गरेका छन ।

फौज बहादुर विकको नाममा रहेको ग्लोबल आईएमई बैंक चन्द्रौटा शाखा कपिलवस्तुको खाता नं. O507010003045 मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै फौज बहादुर विकको मोबाईल नं. 9844800925, 9847014315 मा प्रत्यक्ष सम्पर्क गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिए ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन ।