बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँचीद्वारा मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण

विक्रम आचार्य/ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा पुड्के सार्किले १ लाख बिमाङ्क रकम बराबर को बार्षिक रु. ७७३६ रकम बिमाशुल्क बुझाउने गरि बिमा गरेका थिए । उनले २ किस्ता मात्र तिरेका थिए । उनी केहिदिन पहिला एक्कासी बिरामी परेका थिए । उनको उपचारको क्रममा उनको निधन भयो ।

उक्त बिमा बापत उनको  पाउनुपर्ने रकम उहाँकी श्रिमति रेशमा नेपाली लाइ बिमाङ्क रकम र बोनस गरि रू. १,०६,६६६.६७ रुपैया एक कार्यक्रमका बिच शाखा प्रमुख कृष्ण प्रसाद खनाल वार्ड सदस्य तुल बहादुर कुँवर एजेन्सी म्यानेजर शिव बन्जाडे र प्रेम बुढाथोकीको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको अर्घाखाँची साखा प्रमुख कृष्ण खनालले बताए ।

कार्यक्रममा शाखा प्रमुख खनालले ज्योती लाइफमा बिमा गर्दा ३५ घातक रोगको उपचार दिने नेपालमा एक मात्र बिमा कम्पनी ज्योती लाइफ इन्स्योरेन्स रहेकोले ढुक्क भएर ज्योती लाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गर्न गराउनु हुन सबैलाइ अनुरोध समेत गरेका थिए ।