शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि नगरपालिकाको प्रवक्तामा तेज बहादुर बस्नेत चयन

भक्तिराम घिमिरे, कपिलवस्तु ।

बुद्धभुमि नगरपालिकाको प्रवक्तामा तेज बहादुर बस्नेतलाई नियुक्त गरिएको छ । नगर कार्यपालिकाको बैठकले बुद्धभुमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष बस्नेतलाई प्रवक्तामा चयन गरेको हो ।

स्पष्ट वक्ताका रुपमा छवि बनाएका उनलाई नगरपालिकाले आफ्नो प्रवक्तामा चयन गरेको कार्यपालिका बैठकपछि नगर प्रमुख केशब श्रेष्ठ जानकारी दिए ।

नवनियुक्त प्रवक्ता बस्नेतले नगरपालिकाका सूचना तथा जानकारीलाई प्रभावकारी रुपमा नगबासीसामु पुर्याउने र त्यसका लागि सञ्चार माध्यमलाई प्रभावकारी बनाइने बताए । अघिल्लो पटक बुद्धभुमि नगरपालिकाको प्रवक्तामा पवन चौधरी रहेका थिए ।