बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

समय सहकारीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

आज उक्त संस्थाले जनता मा.वि. कालाकाटे, आ.वि. वनघुस्री र आदर्श प्रा.वि. बडहरामा अध्ययनरत २०/२० जना विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर शैक्षिक सामग्री अन्तर्गत कपी, डट्पेन र पेन्सिल वितरण गरेको हो ।

शिक्षा उप समितिका संयोजक केशवराज खनालका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गरिएको हो । संस्थाका उपाध्यक्ष गीरबहादुर पौडेल, कोषाध्यक्ष ऋषिराम आचार्य, शिक्षा उप समितिका संयोजक केशवराज खनाल,लेखा संयोजक ठाकुर आचार्य, संचालक समिति सदस्य हिमाल एम.सी र व्यवस्थापक ढुण्डीराज भट्टराई तीन वटै विद्यालयमा पुगेर सामग्री वितरण गर्नुभएको हो ।

जनता मा.वि.कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासे, आ.वि. वनघुस्रीका शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर महतरा र आदर्श प्रा.वि. बडहराका प्रधानाध्यापक ओमबहादुर मगरले आ-आफ्नो विद्यालयको तर्फबाट समय सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर महत्वपूर्ण सहयोग पुर्‍याएकोमा प्रशंसा गर्नुभयो ।

संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले केही दिन भित्रै राप्ती गाउँपालिका भित्र रहेका थप केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने जानकारी गराउनुभयो ।