बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

पत्थरकोटमा कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

अनुप पन्थी, कपिलवस्तु ।

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले आजबाट कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं १ पत्थरकोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बुद्धभूमि नपा वडा नं १ बस्ने इन्द्रमणी बेल्बासेलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं ०१ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा वडा नं १ का वडा सदस्य नारायण खड्का, पुर्व वडा सदस्य राम प्रसाद बेलबासे लगायत बैंकका कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको बैंकका गोरुसिंगे शाखा प्रमुख महेन्द्र घिमिरेले बताउनुभयो ।

११ किलोमिटर यात्रागरि सेवा लिन गोरुसिंगे धाउनपर्ने वाध्यता हटेर अब आफ्नो ठाउँमा बैंक आउनु खुशीको कुरा भएको स्थानिय जनताको भनाई छ ।