बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि १ द्वारा उन्नत जातका पाडी वितरण

भक्तिराम घिमिरे, कपिलवस्तु । जिल्लाको बुद्धभुमि १ को कार्यालयले एकल महिला तथा विपन्न वर्गको आर्थिक अवस्था सुधार गर्न उन्नत जातका पाडी वितरण गरेको छ ।

वडाको चालु आर्थिक वर्ष २०७८/७९ मा वडामा १०० प्रतिशत अनुदानमा ८ वटा पाडी वितरण गर्ने उद्देश्यमा २ लाख विनियोजन गरेको थियो।

एकल महिला तथा विपन्न वर्गका किसानलाई उत्पादन र रोजगारीसंग जोड्ने उद्देश्यका साथ आफ्ना वडाका किसानलाई अनुदान उपलब्ध गराउनका लागि चालु आर्थिक वर्षमा ८ वटा पाडी अनुदान दिएको वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताउनुभयो ।

वडामा धेरै किसानलाई पाडी वितरण गर्ने लक्ष्य राखेको वडा सदस्य नारायण खड्काले बताउनुभयो ।