शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि एमाले संसदीय दलको नेतामा बिकास आचार्य चयन

कपिलवस्तु । बिकास आचार्य बुद्धभुमी नगरपालिकामा एमालेको तर्फबाट संसदीय दलको नेता चयन हुनुभएको छ ।

नेकपा एमाले बुद्धभुमी नगर पदाधिकारी तथा एमाले बाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो । नेता आचार्य बुद्धभुमी ३ बाट दोस्रो कार्यकालको लागि निर्वाचित वडा अध्यक्ष र बुद्धभुमी नगर लेखा( अर्थ) समितिको सभापति पनि हुनुहुन्छ । बुद्धभुमिमा नेकपा एमालेका १० मध्ये ४ वडाअध्यक्ष र १६ वडा सदस्य सहित २० जनप्रतिनिधि निर्वाचित भएका छन ।
बैठकको निर्णय पछि आफ्नो मन्तब्य दिदै नेता आचार्यले भन्नुभयो ” आगामी दिनमा बुद्धभुमिले गर्ने राम्रा काममा काधमा काध मिलाएर अघि बड्ने तथा नगरपालिकामा हुने बेथिति, भ्रस्टाचार, अनियमितता , बजेटको असमान बितरण लगाएतका गलत कदम बिरुद्ध ससक्त आवाज बुलन्द पार्ने छु । ”
आगामी आर्थिक बर्ष २०७९/८० को बजेट बिनियोजनको क्रममा नगरपालिका र मेयरलाई कृषि, रोजगारी, शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न सुझाब दिने बताउनु भयो ।

अघिल्लो बर्ष भित्राउन लागेको धान बाली पानीले तहसनहस पार्दा पनि नगरपालिकाले लगत संकलन र किसानलाई बैक खाता खोल्न भ्याइनभ्याई बनाएतापनी हालसम्म कुनै राहत नदिएको प्रसङ्गलाई स्मरण गर्दै आगामी दिनमा यसरी वडा र कृषकलाई झुक्याउने काम नगर्न अनुरोध गर्नुभएको छ ।
कृषि औजार र बिउबिजन बितरण गर्दा कृषी तालिम र अनुदानको कार्यक्रम वास्तविक कृषकको हातमा पुग्नेगरी सेवा प्रवाह गर्न सुझाव दिनुभएको छ ।