शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -६ को छैठाैँ वडा परिषद सम्पन्न, शैक्षिक क्षेत्रलाई विशेष महत्व दिइने

विक्रम आचार्य/ शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ काे आ .व. २०७९।८० का लागि वडा परिषद सम्पन्न भएको छ । परिषदबाट आगामी ०७९/८० मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएकाे छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष ऋषि रेश्मीले रातो प्रेसलाई बताउनुभयो ।

टाेल स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझाव लीदा अधिकांशले अब आगामी योजनाहरुमा यसपल्ट सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिन सुझाव दिएकाे अध्यक्ष रेश्मीले बताउनुभयो । आजको उद्घाटन सत्र कार्यक्रममा पार्टी प्रतिनिधी संघसस्थाका प्रतिनिधि उपस्थिति रहेको थियो ।

जसमा माओवादी केन्द्रबाट मणि अधिकारी, भुपाल सारु, ढुन बहादुर गाहा एमालेबाट कासी भट्टराई, तीलक भाट, सन्दिप दर्लामी, काग्रेसबाट चन्द्र रेश्मी, दान बहादुर पेङ्नी, एकिकृत समाजवादीबाट गोविन्द पोख्रेल, जनमोर्चाबाट प्रकाश आचार्य, शिक्षक प्रतिनिधी भोजराज पौडेल, महिला स्वास्थ्य स्वयमसेविका प्रतिनिधि टिकाकला घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दिगो विकाश निर्माणको लागि शिक्षा , स्वास्थ्य, कृषि , खानेपानी जस्ता क्षेत्रलाई प्राथामिकतामा राखेर विकाशको आधार निर्माण गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष रेश्मीले सबैका सुझावलाई आत्मसाथ गर्दै विकाश निर्माणको लागि योजना विनियोजन गर्दा सबैलाई समेटेर बजेट विनियोजन गर्ने बताउनु भयो। खुला सत्रको कार्यक्रम वडा अध्यक्ष ऋषि रेश्मीको अध्यक्षता, वडा सदस्य सूर्य सारुको स्वागत मन्तव्य र सचिव हिमाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियाे ।