मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका -११ को वडा परिषद सम्पन्न

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ को वडा परिषद हिजाे साेमबार खयरभट्टीमा सम्पन्न भएको छ । परिषदले आगामी ०७९/८० काे लागि सडक, कृषि तथा पशु, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष नवराज भुसालले बताउनुभयो ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, शिक्षक, समाजसेवी लगायतले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए । टाेल स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझावका क्रममा बोल्ने अधिकांश वक्ताहरुले आगामी योजनाहरुमा सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनलाई प्राथमिकता दिन सुझाव दिएका छ्न । कार्यक्रममा विभिन्न गुनासा, सल्लाह, सुझावहरूको जवाफ दिदै वडा अध्यक्ष भुसालले आगामी योजनामा दिर्घकालिन खालका योजनामा जोड दिने बताउनु भयो । बन्दसत्रको बैठकबाट सबैका सल्लाह सुझावलाई मनन गरी प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने वडा अध्यक्ष भुसालले रातो प्रेसलाई बताउनु भयो ।

कार्यक्रममा वडाका प्रतिनिधी, पार्टीका प्रतिनिधी, विभिन्न टोलका टोल प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता र वडा सचिव मोदनाथ ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।