शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -७ को वडा परिषद भौतिक पुर्वाधार विकासलाई विशेष महत्व दिदै सम्पन्न

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ मा आ .व . २०७९।८० काे वडा परिषद सम्पन्न भएको छ । परिषदबाट आगामी ०७९/८० मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिएको छ ।

त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष देविराम घिमिरेले रातो प्रेसलाई बताउनुभयो । वस्ती स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझाव लीदा अधिकांशले अब आगामी योजनाहरुमा यसपटक सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिन सुझाव दिएकाे अध्यक्ष घिमिरेले बताउनु भयाे । अाइतबारको खुल्ला सत्र कार्यक्रममा सबै पार्टी प्रतिनिधी संघसस्थालाई खबर गरिए पनि उपस्थित नहुदा आफु दुःखि भएको र सबैका सुझाब संकलन गरेर बन्द सत्र गर्ने सोचेकाे उहाँकाे भनाइ छ । सबैका अपेक्षा अनुसार बजेट बिनियोजन गरेका छौ कार्यन्ययन पक्षमा लैजादा सबै सरोकारवालालाई साथमा लिएर कार्यान्वयन गर्ने अध्यक्ष घिमिरेले बताउनु भयाे । सबै टोलमा एम्बुलेन्स जानेकाे लागि बजेट व्यावस्था गरेको पनि अध्यक्ष घिमिरेले बताउनु भयाे ।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष देविराम घिमिरेकोको अध्यक्षता वडा सदस्य टेक बहादुर गाहाको स्वागत मन्तव्य र सचिव प्रदिप महतको सञ्चालनमा सम्पन्न भएको थियाे ।