शुक्रबार, अशोज ५, २०८०

Ratopress

Advertisment

SKIP THIS

नगरबासीका सपना साकार पार्ने : नगर प्रमुख थापा

नवराज पौडेल/ चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरबासी सामु गरेका बाचा पुरा गर्ने बताउनु भएको छ । हिजो सम्पन्न भएको स्थानियतहको निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेद्धवारी दिनुभएका थापाले ७ हजार ६ सय २ मत प्राप्त गरि शिवराज नगरपालिको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।

उहांका निकटम प्रतिस्पर्धी नेकपा एमामेका उमेद्धार महादेब पोख्रेललाई ४७४ मतान्तरले पराजित गर्दै जित हात पार्नुभएको हो ।
आज साही खुशीयालीमा आफ्ना कार्यकर्ता सहित शिवराज नगरपालिका का ११ वटै वडामा पुगी विजयी र्याली मनाइएको उहाले बताउनु भयो ।

र्याली पछि गरिएको कोण सभालाई सम्बोधन गर्दै थापाले शिवराज नगरपालिका वासि सम्पुर्ण आमा,बुवा,दाजु भाई तथा दिदि बहिनीहरुले माया गरि जिताउनु भएको भन्दै आभार गर्नुभयो । घोषणपत्रमा उल्लेख गरिएका प्रतिवद्धता एवं शिवराज नगरवासीको सपना साकार पार्ने प्रतिवद्धता व्याक्त गर्दै नगरवासीलाई विश्वस्त हुन आग्रह गर्नुभएको छ ।