सोमवार, मंसिर १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -९ बन्यो एमालेको लाल किल्ला, भिम केसी प्यानलसहित पुन: वडाध्यक्ष पदमा बिजयी

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ नेकपा एमालेको लाल किल्ला बन्न सफल भएको छ । जसमा फराकिलो मतान्तरले प्यानल नै बिजयी भएको छ ।

आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका भिम केसीले ३२१ मतान्तरले निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार मानबहादुर सारुलाई पराजित गरेका छन ।

उनीसँगै सदस्यमा खुम बहादुर लुईंचे, ओकिल राना, पुष्पा गाहा र अमृता विक विजयी भएका छन ।