शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अब आइतबार पनि विद्यालय बिदा, विद्यालयमा पनि लागू

सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार बिदा दिन सकिने निर्णय गरेको हो । गत १३ वैशाखको मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गर्ने निर्णय गरेको हो । जसअनुसार अब शुक्रबार पनि पूरै समय पठनपाठन हुनेछ ।

बैठकले वार्षिक २० दिन अन्य बिदा कटौती गरे तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ ।