शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

२६ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

किभ । युक्रेनले २४ फेब्रुअरीबाट रुसले आक्रमण शुरु गरेयता २६ हजार बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनका सेना प्रमुखले मंगलबार यस्तो जानकारी दिएका हुन् ।

युक्रेनी सेनाका अनुसार २६ हजार रुसी सैनिक मारिनुका साथै रुसका १ हजार १७० ट्यांक, २ हजार ८०८ बख्तरबन्द गाडीहरु, ५१९ आर्टिलरी सिस्टम, १८५ मल्टिपल लन्च रकेट सिस्टम र ८७ हवाई विमान प्रतिरोधी प्रणाली पनि जफत गरिएको छ ।

त्यस्तै १९९ लडाकु विमान, १५८ हेलिकोप्टर, १ हजार ९८० गाडी र फ्युल ट्यांकर पनि बरामद गरिएको छ । युक्रेनका अनुसार रुसको ३८० ड्रोन, ९४ क्रुज मिसाइल र ४१ वटा विशेष किसिमको उपकरण पनि कब्जा गरिएको छ ।