शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

एएफसी एसियन कप छनोटमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीले आज (शुक्रबार) बाट दशरथ रंगशालामा प्रशिक्षण शुरु गरेको हो । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौति रहेको बताएका छन् । दक्षिण एसियाली खेल्ने राष्ट्रलाई एसिया कप खेल्ने कुरा ठूलै भएको बताउँदै नेपाल र एसियाकपको स्तर निकै फरक हुने उनले बताए । अझै नेपाली फुटबलको स्तर सुधार्न धेरै बाँकी रहेको बताउँदै केही हदसम्म आशावादी भने रहेको उनले बताए । उनले अहिलेको अवस्थामा फुटबलको विकासका लागि तलबाटै फोकस हुनुपर्नेमा नेपालमा त्यस्तो हुन नसकेको जिकिर गरे ।