बिहिबार, अशोज १३, २०७९

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा कालाजार नयाँ रोगको तिव्र संक्रमणबाट सचेत रहन जिल्ला जनस्वास्थको आग्रह

विक्रम अचार्य/ अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा गर्मि बढेसंगै नया रोग कालाजारको तिव्र संकरमण देखिन थालेको छ ।

सामान्यतया गाउँ घर र वस्तीहरुमा रहेका हामि सर्वसाधारणहरुले धेरै रोगहरूका नाम सुनिरहेका हुन्छौ ‘ कुनै समय हामी उक्त रोगबाट संङक्रमित हुन्छौ भने कुनै समय हामि आफै उक्त रोगवाट संक्रमित हुन्छौ । कुनै समय छिमेक वा आफन्तलाई उक्त रोगको संङ्क्रमण रहेको सुनाई रहेका हुन्छौ तर कतिपय तेस्ता रोगहरू पनि छन ।अर्घाखाँचीको पहाडी भूभागमा बिरलै भेटिन्छन्‌ त्यस्तै बिरलै पाईने रोगहरूमा पर्ने एउटा रोग हो कालाजार ।

यस आ.व. २०७८/०७९ मा अर्घाखाँचीबाट अन्य अस्पतालमा गई कालाजार पुष्टी भएका बिरामी एकाएक ४ जना पाईएका छन्‌ जसमध्ये शितगंगा ६ ठुलाढ्ङ्ग्रेमा १ जना शितगंगा ७ नौमुरेमा १ जना पाणिनि वाड नं. १ मा १ जना, भुमिकास्थानको पानडाडाका १ जना पुष्टी भएका छन् भने शितगंगा ६ को बिरामी उपचारको क्रममा बुटवल हुनुहुन्छ ।

 

यो रोग sand fly (सेण्ड फ्लाई) भन्ने भुसुनाको टोकाईबाट सर्ने संक्रमित विरामीमा लामो समय ज्वरो आउने खाना मन नलाग्ने पेट दुख्ने, पोल्ने र समयमा उपचार नगराए फियो सुनिने, पेट फुल्ने, रक्त अल्पता हुने र विरामीको ज्यान जान सक्ने हुन्छ ।

हाल जिल्ला स्वास्थ्य कार्यलयको आयोजना शितगंगा नगरपालिका स्वास्थ्य साखाको सहयोगमा जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत कार्यक्रम संयोजक विजय विक, जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेल, शितगंगा स्वास्थ्य शाखा प्रमुख नमनारायण वेल्वासे, ल्याव टेक्निसियन होमनाथ बिक र इन्दिरा घिमिरे पौडेल, जलुके स्वास्थ्य चौकी प्रमुख लक्ष्मण पौडेल लगायतको टिमले संक्रमण पुष्टी भएका विरामीको घरका अन्य सदस्य र उक्त समुदायमा रहेका अन्य व्याक्तिहरुमा संक्रमण भैलिसकेको छ की भनि case base surveillance गरि उक्त समूदायमा पुगी नमुना परिक्षण गर्ने कार्य गराईरहेको र पाणेनी गाउ पालिकामा १ जना संक्रमण पुष्टी भएको करिब १ हप्ता पहिला शिलगंगा ७ नौमुरेमा गरियको परिक्षणमा २ जना थप ब्याक्तिमा संक्रमण पुष्टी भएको हुदा उक्त ठाँउमा चेतनामुलक कार्यक्रमहरु गर्नुका साथै रोग सानै vectore भुसुनाहरु लाई छोपि लागि पठाईएको हाल संक्रमण पुष्टी भएका ब्याक्तीको रगत पिसिआर जांचको लागि पठाईएको शितगंगा ६ ठुला ढुङ्ग्रेको थप २ जना संक्रमित भएको उक्त ठाउको भुसुना छोपि अध्ययन जाँचको लागि पठाउन लागेको जलुके स्वास्थ्य चौकी प्रमुख लक्ष्मण पौडेलले रातो प्रेसलाई जानाकारी दिनुभयो ।

साथै अर्घाखाँची बासि सबैले सचेत रहन पर्ने समय आयको कार्यक्रम संयोजक बिजय विकले बताउनु भयो ।