बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुको गोरुसिङ्गेमा सडक खाना महोत्सव गरिने

रातो प्रेस/ कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि- १ गोरुसिङ्गेमा सडक खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बुद्धभूमि उद्योग वाणिज्य संघको आयोजनामा गोरुसिङ्गेमा सडक खाना महोत्सव आयोजना गर्ने भएको हो । बैशाख १ गते महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरेको बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले बताउनु भयो । अध्यक्ष भुसालले महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण कपिलवस्तु बासी तथा बुद्धभूमि नगरबासीलाई अनुरोध गर्नुभएको छ ।