सोमवार, अशोज ८, २०८०

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिमा नगर स्तरीय उसु प्रतियोगिता सम्पन्न (फोटो फिचर सहित)

घनश्याम खनाल/ कपिलवस्तु ।

मंगलबार जिल्ला उसु संघ कपिलवस्तुको आयोजना तथा बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोगमा २०७८ चैत १५ गते मंगलबार सञ्चालन भएको एकदिने नगरस्तरिय उसु प्रतियोगिता बुद्धभुमी नगरपालिकाको भृकुटी रंगसालामा आज सम्पन्न भयो । उक्त कार्यक्रममा विभिन्न फरक फरक केजि तौल समुहका उत्कृष्ट खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र सहित समान गरिएको थियो ।

प्रतियोगितामा सिद्धार्थ इङलिस बोर्डिङ्ग स्कुल बुड्डी प्रथम, श्री माध्यामिक बिध्यालय इमिलिया द्वितीय र आदर्श इङ्लिश बोर्डिङ्ग स्कुल पुल्चोक इमिलियाले तृतीय स्थान हांसिल गरका थिय। कार्यक्रममा प्रथम,द्वितीय र तृतीय हुने बिद्यालय लाई ट्रफीसहित सम्मान गरिएको थियो।

आज भएको उक्त उसु प्रतियोगितामा बुद्धभुमी नगरपालिका प्रमुख श्री केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रसासकिय अधिकृत श्री केशव राज सुवेदीको बिशिस्ट आतिथ्यता रहेको थियो । खेल शुरु हुनुभन्दा अगाडि प्रमुख अतिथि श्री केशव कुमार श्रेष्ठले उद्घाटन गरि खेल सुरु गर्नुभएको हो। उक्त कार्यक्रममा प्रदेश उसु संघ अध्यक्ष श्री कृष्ण प्रसाद भट्टराई, सचिव तारा अधिकारी, सदस्य कमल श्रेष्ठ लगायत बुद्धिजीवी,खेलप्रेमी, समाजसेवी, तथा स्थानियको ठुलो सहभागिता रहेको थियो।

आज सम्पन्न भएको उक्त उसु प्रतियोगिता कार्यक्रममा इन्टर्नेसनल रेफ्री मोहन बहादुर पान्डेसहित जगत चौधरी , यम थापा,मनोज राना,लक्ष्मी परियार, स्वेता काउचा, मनिशा राना,सन्तोस अधिकारी र दत्त प्रसाद पाण्डे ले खेलाडिहरुको निर्णायक तथा रेफ्रिको भुमिका निभाउनुभएको थियो।

बुद्धभुमी नगरपालिका अन्तर्गत रहेका विभिन्न १३ ओटा बिद्यालय तथा बोर्डिङ स्कुल हरुको सहभागितामा करिब एक सय जना बिद्यार्थीहरुले भाग लिएका थिए भने श्री जैसी पान्डेको अध्यक्षता र प्रदिप खड्काको संचालनमा उक्त उसु प्रतियोगिता संपन्न भएको हो।