बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिमा दोस्रो मेयरकप फुटबल प्रतियोगिता आज सम्पन्न

भक्तिराम घिमिरे/ कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिकाद्वारा बिरपुरमा आयोजना भएको दोश्रो मेयरकप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । बैशाक ९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ८ टिमले नाम दर्ता गराएको मध्ये ७ टिम विच खेल भएको थियो ।

आज भएको फाइनल खेलमा वडा नम्बर १ ले प्रथम स्थान हात पार्यो भने वडा नम्बर २ दोस्रो भएको छ । त्यस्तै वडा नम्बर ९ ले तेस्रो स्थान जित्दा वडा नम्बर ३ चौथो भएको छ ।

नगरपालिकामा दोस्रो पटक भएको यस किसिमको फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने टिमले १० हजार नगदसहित प्रमाणपत्र तथा शिल्ड पुरस्कार पाएका छन ।

प्रतियोगिताको आयोजना बुद्धभुमि नगरपालिकाले गरेको हो भने खेलको व्यवस्थापकिय सहयोग बिरपुर युवा क्लवले गरेको थियो। खेल बुद्धभुमि नगरपालिका वडा नं. १ बिरपुरको नवनिर्मित खेल मैदानमा भएको थियो ।

खेलको समापन कार्यक्रममा मेयर केशब कुमार श्रेस्ठ, बुद्धभुमि १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदी, प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, लेखा अधिकृत रेनु राम ज्ञवाली, विभिन्न वडाका सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।