बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा प्रथम उपमेयर कप क्रिकेट प्रतियोगिता चैत ११ गते हुने

रातो प्रेस /अर्घाखाँची ।
शितगंगामा प्रथम वडा स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता अर्को मितिमा संचालन हुने भएको छ ।

शितगंगा नगरपालिकाको आयोजना तथा क्रिकेट विकास समितिको व्यवस्थापनमा हुने प्रथम वडा स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता चैत १० गतेदेखि हुने भनिएकोमा प्राविधिक कारणले अर्को मितिमा खेल सारिएको खेल समितिले जनाएको छ ।

प्रतियोगिता आगामी चैत्र ११ गते रजिया खेल मैदानमा हुने बताईएको छ । प्रतियोगितामा सम्पूर्ण नगरबासी, जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार लगाएत खेलप्रेमीहरु लाई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।