शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिका जनप्रतिनिधि तथा कर्मचारीद्वारा पत्रकार पराजित

रातो प्रेस/ कपिलवस्तु ।
बुद्धभूमि नगरपालिकाको आयोजनामा विरपुर खेल मैदानमा आयोजित दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उद्‌घाटन सत्रमा भएको जनप्रतिनिधी र पत्रकारबिच भएको फुटबल प्रतियोगितामा जनप्रतिनिधी तथा कर्मचारीले जित हासिल गरेका छन ।

जनप्रतिनिधी तथा कर्मचारी र पत्रकारहरु बिच भएको फुटबल प्रतियोगिताको खेलमा ३-१ अंकले जनप्रतिनिधी तथा कर्मचारीहरु विजयी भएको खेल संयोजक यम प्रताप थापा (प्रकाश) ले जानकारी दिनु भएको छ ।

बुद्धभूमि नगरपालिकामा आजबाट सुरू भएको दोस्रो मेयर कप फुटबल प्रतियोगिता चैत्र १२ गते सम्म चल्ने छ । जुन प्रतियोगिता विरपुर युवा क्लबको व्यवस्थापकिय सहयोग रहेको छ ।