शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिमा दोस्रो मेयरकप फुटबल प्रतियोगिता चैत्र ९ देखि सुरु

संगम बेल्बासे/ कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिकामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता यसै सातादेखि सुरू हुने भएको छ । बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली चैत्र ९ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

नगरपालिका कार्यालयका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि बनाई १० वटै वडाहरूमा टीम दर्ता आह्वान गरिएको छ ।

प्रतियोगिता नगरपालिकाको आयोजना र विरपुर युवा क्लबको व्यवस्थापकिय सहयोगमा संचालन हुने खेल संयोजक यम प्रताप थापाले बताउनु भएको छ ।प्रतियोगिताको व्यवस्थापनको काम सम्पन्न भएको थापाले अन्तिम बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा आजसम्म नगरभित्रका ८ टिम प्रतिस्पर्धाको लागि दर्ता भएका छ्न ।

बुद्धभूमि- १ स्थित विरपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको समुदघाटन नगर प्रमुख केशव कुमार श्रेष्ठद्वारा भोली बिहान ७ बजे हुने भएको छ ।

भोली हुने उद्‌घाटन सत्रमा शो खेलमा पत्रकार र जनप्रतिनिधी तथा कर्मचारी बिच हुने बताईएको छ ।

फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन गर्ने पहिलो पटक जिम्मेवारी पाएका जनप्रतिनिधिहरूका लागि आफ्नो कार्यकालको अन्तिम प्रतियोगिता रहेको छ ।