मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा प्रथम मेयर कप प्रतियोगिता भव्यरुपमा सम्पन्न, वडा नं. ६ ले उचाल्यो मेयर कप

विक्रम आचार्य/ शितगंगा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नं.१२ मा रहेको रजिया खेल मैदानमा सञ्चालित प्रथम मेयर कप भलिवल प्रतियोगिताको पुरुष तर्फ ६ नम्बर वडा र महिला तर्फ २ नम्बर वडा प्रथम भएका छन् भने पुरुष लामो दौड तर्फ श्रीजन कुमार घर्ति छोटो दौड तर्फ सुदन खत्री प्रथम भएका छन यस्तै महिला लामो दौड तर्फ वसन्ता पाण्डे र छोटो दौड तर्फ पुजा बिक प्रथम भयकी छिन ।

२०६८ फाल्गुण २९ गते उद्घाटन भई ४ दिन सञ्चान भएको प्रथम मेयर कप भलिभल प्रतियोगिमा १ देखि १४ नम्बर वडाका पुरुष तर्फ १३ वटा टिम र महिला तर्फ ३ वटा टिम सहभागि भएका थिए । त्यसै गरि भलिवलमा पुरुष तर्फ ७नम्बर वडा दोस्रो भएको छ तेस्रोमा १ नम्बर भएको छ शान्तना वडा नं ८ भएको छ । महिला तर्फ भने दोस्रो १२नम्बर वडा र तेस्रो ६नम्बर वडाले भलिवल खेल जितेका छन् । त्यसै गरि पुरुष तर्फ उत्कृष्ट खेलाडिको रुपमा भुबन सारु उमेश र महिला तर्फ विजय रेश्मीलाई घोषित गरिएको नगर स्तरिय खेलकुद समितिका अध्यक्ष मान वहादुर सिंजापतिले रातो प्रेसलाई बताउनुभयो ।

कार्यक्रमको समापन सत्र मा वोल्दै प्रथम मेयर कपका प्रमुख अतिथी तथा नगर प्रमुख सुर्य प्रसाद अधिकारीगोले खेल क्षेत्र आफ्नो प्रमुख प्राथामिकतामा परेको जनाउनु भएको छ । प्रथम मेयर कपमा खेलाडिहरुको खानपान,पोषक र प्रतियोगि खेलाडिहरुलाई २५० हजार बरावरको नगद पुरस्कार,प्रमाण पत्र,मेयर कप वितरण गरिएको छ । महिला र पुरुषलाई दुबैलाई खेलमा अबसर दियको बताउनु भयो साथै महिला तर्फबाट उत्कृष्ठ खेलाडी वडा नं.६ की विजय रेश्मीलाई १२ कक्षा सम्मको जिम्मा आफुले लिएर पढाउने घोषणा गर्नु भयो ।

नगर प्रमुख अधिकारीले छोटो समयमा नगर स्तरिय खेलकुद समितिले मेयर कप प्रतियोगिता भब्य रुपमा सम्पन्न गरेकोमा अहोरात्र खट्ने टिमलाई धन्यवाद दिनुभयो ।

मेयर कपमा स्थानिय कलाकारको बेजोड प्रस्तुती पनि रहेको थियो साथै १४ वटा वडा नगरपालिका तथा विभिन्न संघ सस्था तथा सामाजिक व्याक्तित्वलाई मायाको चिनो सम्मान पत्र तथा दोसल्ला ओडायर सम्मान गरियको थियो ।

कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष बाबुराम गैरे, वडा ६ का अध्यक्ष ऋषि रेश्मी प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले विजय खेलाडिलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा एम्पायरको भूमिका आकाश वेल्वासे र किस्मत बन्जाडेले गर्नुभयको थियो ऋषि बिकको नम्मरिङ र अराज वेल्वासेको सञ्चालनमा सम्पन्न भयको छ ।