
केही समयअघि पशुपति शर्माको लुट्न सके लुट गित आउँदा नेकपाको सरकार थियो र एमालेले मात्र देश लुटे झैं गरि बुझ्दै एमालेहरु बाउँठिएर गित रोक्नु गलत हो । देश एमालेको पालामा मात्र होइन सबैले मिलेर लुटेकै छन्।
अहिले सपुतको गितमा चरम बेरोजगारीले दर्शाएको बहुआयामिक पीडा छ। यसका पात्रमा माओवादी लडाकु देखाईएको छ,तर माओवादी लडाकुलाई हटाएर अरु पात्र राखेपनि कथा मिल्छ। माओवादी लडाकु मात्र होइन गैर माओवादी पनि आफ्ना लालाबाला छाडेर विदेश भासिएका छन्।जनयुद्ध लडेका महिला नलडेका महिला पनि पेटको आगो मार्न शरीर बेच्न बाध्य भएको तितो यथार्थ हो ।
सबै महिलाले बाध्यता मा शरीर बेच्दैनन् तर कति विवशतामा बेच्न बाध्य पनि भएका छन् नभए रत्नपार्क र दरबारमार्गमा चिसो सिरेटोमा आफू मरेर परिवार पाल्ने ती महिला को हुन् त? तपाईं हाम्रै दिदिबहिनी होइनन् ? चरम बेरोजगारी माओवादीको मात्र होइन सबै दलको समस्या हो । यो समस्या हल गर्ने माओवादीको मात्र जिम्मा होइन सबै राष्ट्रिय दलको हो । सबै दल पटकपटक यहि समस्या हल गर्छु भनेर सिहंदरबार छिरेका छन्।
गितको मर्म अव्यवस्थित बेरोजगारीले निम्त्याएको पारिवारिक विचलन आजको नेपाली समाजको एैना हो।यसलाई गैर माओवादीले खुचिङ तिमिहरुको नेतृत्व भन्दै पाखुरा बजार्नु, अनि पशुपतिको गितले एमालेलाई मात्र हानेको हो हाम्रो पालामा त रामराज्य थियो भनेर बुझ्नु,बुझाईनु सत्यबाट भाग्नु हो।समस्याको समाधान नचाहनु हो। बेरोजगारी र लुट नेपाली समाजको वास्तविकता हो यसलाई चिर्न सबै दल असफल भएका छन् ।
यी दुवै गितले हाम्रा सबै दलको नालायकीका कथा बोकेका छन्। यो कहालीलाग्दो वास्तविकता एकले अर्को दललाई सिध्याउने खेलले समाधान हुदैन। यो राष्ट्रिय समस्या हो यसलाई सामुहिक प्रतिबद्धताबाट मात्र चिर्न सकिन्छ ।गित रोकेर छेकेर के होला र ? जब हरेक नेपालीको मनमा त्योभन्दा तातो आगो दनदनती बलिरहेको छ।तीतो सत्य देखिएला भनेर आँखा फुटाउदै हिँड्न कहाँ पाईन्छ र ?
स्रोत : समा थापाको फेसबुक पेजबाट साभार