बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

जलुके कृषि महिला सहकारीको ५औं साधारण सभा तथा अधिवेशन हुँदै

रातो प्रेस संवाददाता/ अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा नं. ८ लाहापे स्थित जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था लि. को ५औं वार्षिक साधारण सभा दोस्रो अधिवेशन कार्यक्रमको आयोजना हुने भएको छ ।

जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था शितगंगा नगरपालिका भित्र रहेका सहकारीहरु मध्येमा एक चलाएमान एवं व्यवस्थित महिला सहकारी अन्तर्गत पर्दछ ।

सहकारी मार्फत आफ्नो सामाजिक दायित्व समेत बहन गर्दै आएको यस सहकारीले समाजमा धेरै सामाजिक कामहरु गरिसकेको छ । आफ्नो शेयर सदस्यहरुको कृषि क्षेत्रमा सुविधा दिदै आएको यस सहकारीले अन्य क्षेत्रमा समेत काम गर्दै आएको छ । उत्पादनमा आधारित अनुदान वितरण समेत गर्ने गरेको यस सहकारीमा पछिल्लो समयमा शेयर सदस्यहरुको विश्वास झन बढ्दै गएको छ ।

यस सहकारीको ५औं वार्षिक साधारण सभा आवश्यक स्वास्थ सतर्कता अपनाइ भौतिक रुपमा नै हुने बारे संस्थाका अध्यक्ष गीता केसीले जानकारी गराउनु भएको छ । यहि २०७८ माघ २८ गते शुक्रबारको दिन नव ज्योती आधारभूत विद्यालय सातमारामा बिहान ११ बजे हुने उहाँले बताउनु भयो ।

साधारण सभा कार्यक्रममा सम्पूर्ण सेयर सदस्य, कमर्चारी एवं जनप्रतिनिधी तथा शुभचिन्तकहरुलाई उपस्थितीको लागि उहाँले आग्रह गर्नु भएको छ ।