
भक्तिराम घिमिरे, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका -१२ खल्याखार्क जन्म भई हाल कपिलवस्तु बस्दै अएका लेखनाथ घिमिरेको दोस्रो एल्बम “निरगुण गाउँछु” बोलको दोस्रो भजन गीत सार्वजनिक भएको छ ।
यस भन्दा पहिला हिमाल पहाड तराई गितबाट घिमिरे चर्चामा आएका थिए । दोस्रो भजन गित “निरगुण गाउँछु” मा स्वर लेखनाथ घिमिरे र सरिता सुनारको रहेको छ भने घिमिरेकै शब्द रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र पाण्डे, पुनम सुनार, तुल्सिराम घिमिरे, बेदुराम घिमिरे, युवराज भट्टराई, बिना भट्टराई, रिता खनाल रहेका छन् ।
उक्त गीत आलाप रेकर्डिङ स्टूडियोबाट रेकर्ड भएको थियो । हिमाल पहाड तराईलाई जस्तै भजनलाई पनि दर्शक-स्रोताहरूले मन पराइ दिने अपेक्षा गरिएको छ । गीत लेखनाथ घिमिरे युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
तलको लिङ्क खोली पुरा भिडियो हेर्नुहोस् :