शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

क्यान्सर पिडित अयन रानाको उपचारका लागि सहयोग जुट्दै

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका -९ का क्यान्सर पिडित अयन बहादुर रानाको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुट्न थालेको छ ।

जिब्रोको क्यान्सरबाट ग्रसित भई भारतको दिल्लीमा रहेको एम्स हस्पिटलमा उपचार गराई रहेका अयनको उपचारका लागि सहयोगको अपिल गरिएको छ । अहिले विभिन्न ठाउँबाट अयनको उपचारका लागि सहयोग जुट्न सुरु गरेको बताईएको छ ।

सामाजिक संजाल तथा संचारमाध्यमबाट सार्वजनिक अपिल भएपछि सबैतिरबाट सहयाेज जुट्न थालेकाे अयन बचाउ सहयोग अभियानका संयोजक अनिल रानाले जानकारी दिए ।

देश तथा विदेशबाट सहयाेग प्राप्त भइरहेकाे उनकाे भनाइ छ । उपचारका लागि सहयोग गर्न चाहनेलाई परिवारजनले आग्रह गरेका छन् । सकेको सहयोग गरेर ज्यान बचाईदिन परिवाजनले सबैसामु सहयोगको याचना गरेका हुन् ।

सामान्य परिवारमा हुर्केका ३४ वर्षिय अयन बहादुर रानाले भारतमा सानो तिनो नोकरी गरी परिवार पाल्दै आएका थिए । रानालाई क्यान्सर लागेको भन्ने पुष्टी भएपछि उनको परिवार अहिले चिन्तित बनेको छ । उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि रानाको परिवार चिन्तित बनेको हो । हालसम्म ३ लाख भन्दा बढी खर्च भई सकेको र अझै देखि १० देखि १२ लाखसम्म खर्च हुने भन्दै रकम संकलन जारी राख्न अस्पतालले पूर्व सूचना गराएको परिवार स्रोतले जनाएको छ ।