मङ्लबार, मंसिर २०, २०७९

Ratopress

Advertisment

SKIP THIS

श्रमजिवी कृषि सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

संगम बेल्बासे/ कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ३ मा रहेको श्रमजिवी कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच बुद्धभूमि – ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) को प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष धर्मराज गैरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले समाजमा आमुल परिवर्तन र विकासलाई सफल बनाउन सहकारीहरुको भुमिका रहेको बताएका छन । समृद्ध समाज निर्माणका लागी सहकारीहरुको पनि महत्वपुर्ण भुमिका रहने उनले बताए । सहकारीहरुलाई व्यवस्थापन गरी अगाडी बढे समृद्व नेपाल, सुखी नेपालीको सपना पुरा गर्न ठुलो टेवा पुग्ने उनले बताए । सहकारीहरुले नागरिकहरुको जिवनस्तर उकास्न टेवा पुर्‍याएको बताउदै उनले सहकारी सबैका साझा भएकाले सबैले एकआपसमा सहकार्य गरी मिलेर अगाडी बढ्नुपर्ने बताए ।

२५२ जना शेयरसदस्यहरु रहेको यस सहकारी संस्थामा ५,८८,७००।०० शेयरपुजि रहेको संस्थाका कोषाध्यक्ष रामवृक्ष चौधरीले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । यसका साथै संस्थाको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २१,९७,०६९।३२ रुपैयाको कारोबार गरेको छ भने ९,४०,९०५।६५ रुपैयाँ बचत गरेको छ ।

कार्यक्रममा शान्ति दिप कृषि सहकारी संस्थाका अध्यक्ष पिताम्बर पाण्डे, लाली गुराँस कृषि सहकारी संस्थाका केशवराज खनाल, दुविया स्वास्थ्य चौकीका इन्चार्ज दिपक मणि पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

संचालक सदस्य धनकला गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहकारीका अध्यक्ष धर्मराज गैरेको अध्यक्षता र सचिव सिता कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

साथै संस्थाले कृषि व्यवसायतर्फ बाख्रा पालन, भैसी पालन, तरकारी खेती, लगायतका क्षेत्रमा कार्यहरु गर्दै आएको छ ।