मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

साताको पहिलो दिन शेयर बजारमा हरियाली, सात अर्ब १० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर १४८ अङ्कले, विकास बैंकको २५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर १३८ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर २९५ र निर्जीवन बीमा समूहको शेयर ३७९ अङ्कले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ५० लाख ५८ हजार कित्ता शेयर सात अर्ब १० करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज नेपाल हाइड्रो डेभलपर्स, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रो र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

#शेयरबजार