बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

ज्याेति बचत तथा ऋण सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

भक्तिराम घिमिरे, कपिलवस्तु ।

ज्याेति बचत तथा ऋण सहकारी संस्थाकाे १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ मा रहेकाे ज्योति बचत तथा ऋण सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा आज सम्पन्न भएकाे हाे । कोभिड १९ लाइ मध्यनजर गर्दै सुरक्षित तरिकाले सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष राम प्रसाद भुसालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आफ्नै नव निर्मित भवनबाट सेवा दिदै आएको बताउनुभयो ।

सहकारी २०५८ साल वैशाख १८ गते स्थापना भएको थियाे ।
२५ जनाबाट संस्था दर्ता प्रकृया शुरु भई हाल सम्म १०५० सदस्य पुगेका छन । आ.व. ०७७-७८ मा १८ लाख ७३ हजार ८ सय संकलन भई ६६ लाख ६४ हजार १ सय शेयर पुजी पुगेको अध्यक्ष भुसालले जानकारी दिनुभयो।


संस्थापक अध्यक्ष हुम बहादुर घर्तिको प्रमुख अतिथित्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि बुद्धभुमि नगरपालिकाका सहकारी विभाग प्रमुक विजय भुसाल, सहकारीका निवर्तमान अध्यक्ष इन्द्रमणी बेल्बासे, अतिथिमा टान बहादुर केसी, हरी आचार्य, दल बहादुर जिसी लगाएतको उपस्थिति रहेको थियो ।

 

गंगा ज्योति विद्यालयको प्रांगणमा भएको कार्यक्रमको सन्चालन भुवन पान्डेले गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरुलाइ माक्स र सेनिटाइजर वितरण गरी सुरक्षित तरिकाले सम्पन्न गरिएको थियो ।