बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि नगरपालिकाको मोर्मामा माघि महोत्सव हुने

थारु समुदायको संस्कृति, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष कपिलवस्तुको बुद्धभूमी नगरपालिका वार्ड न.–४, मोर्मामा “वडा स्तरीय तेस्रो माघि (खिचडी) महोत्सव–२०७८” हुने भएको छ ।

ऐतिहसिक रुपमै स्थापित गौतम बुद्धका सन्तान भूमिपुत्र आदिवासी थारु समुदायको आधुनिकीकरणको कारणले लोप हुँदै गएको परम्परागत भाषा, कला तथा संस्कृति परम्परालाई विशेषगरी नेपाली समाजमा छुट्टै पहिचान बनाउँनका लागि थारु समुदायको महान पर्व माघिलाई निरन्तरता दिदै वडा स्तरीय तेस्रो माघि खिचडी महोत्सवका संयोजक श्री नन्दराम थारुले बताउनु भयो ।

उहाँले थारु समुदायको नव बर्ष माघिलाई निरन्तरता दिदै २०७८ माघ १ र २ गते “वडा स्तरीय तेस्रो माघि (खिचडी) महोत्सव–२०७८”, बुद्धभूमी नगरपालिका–४, मोर्मामा मनाउने बताउनु भयो ।

त्यस्तै वडा स्तरीय माघि महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । श्री जुन तारा युवा क्लब तथा मोर्मा गाउँ समाजको आयोजनामा हुने माघी महोत्सवमा १० हजार भन्दा बढीले मेला अवलेकन गर्ने बताउनु भयो । २०७८ पौष १६ गते शुक्रबार बसेको थारु अगुवा समाजसेवी, बुद्धिजिवी तथा पत्रकार लगायतको बृहत भेलाले मोर्मा गाउँ समाजको अगुवाईमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

जस अनुसार सचिवमा श्री बिनय कुमार थारु, कोषाध्यक्षमा श्री रिमा कुमारी थारु, सदस्यमा श्री दानकुमारी थारु, श्री सरस्वती थारु तथा श्री ममता थारुको विशेष जिम्मेवारी रहेको छ । जसको आर्थिक र सचिवालय व्यवस्थापन समितिको संयोजकमा श्री किरण कुमार थारु रहनु भएको छ भने संस्कृति/ झाँकी व्यवस्थापन समितिका संयोजकमा श्री आदित्य थारु, प्रचार–प्रसार संयोजक श्री दिलिप थारु, मंञ्च व्यवस्थापन समितीका संयोजकमा श्री पारस थारु, आवस तथा भान्सा व्यवस्थापन समितिको संयोजकमा श्री सुरेश थारु, अथिति सत्कार समितिको संयोजकमा श्री बिष्णु थारु र स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा श्री गोपाल थारु लगायत समितिमा रहनु भएको छ ।

बुद्धभुमी नगरपालिका–४, मोर्मा, पिपल डाँडामा हुने महोत्सवमा बुद्धभुमी नगरपालिका वडा नं ४ को कार्यालयको सहयोगमा सम्पन्न हुने महोत्सवमा थारु समुदायको संस्कृतिक झाँकी, झुमरा, झर्रा, सजनी विरहनी, लाठी/मयूर नाच, नृत्य प्रतियोगिता एवं राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको बेजोड प्रस्तुती साथै थारु खानाका विशेष परिकारहरु हुने प्रचार–प्रसार बिभाग प्रमुख श्री दिलिप थारुले बताउनु भयो ।