
रातो प्रेस डटकम/कपिलवस्तु ।
अहिले समाजिक सञ्जाल टिकटक लोकप्रिय सञ्जाल हुदै आएको छ । यसको प्रयोगकर्ता नेपाल सहित विश्वभर नै बढिरहेका छन् । सञ्जालको सदुपयोग र दुरुपयोग समेत दुबै हुँदै आएको पाईन्छ । तर यसको सहि सदुपयोग गर्नेहरुले राता–रात नै सेलिब्रेटी बन्ने गरेका छन् । कपिलवस्तुको पत्थरकोट घर भइ बुटवलमा विल्ड संसार नेपाल प्रा.लि. सञ्चालन गर्दै आएका बिजय बेल्बासेले रुपन्देहीमा पहिलोपटक आर्कीटेक डिजाईनमा थ्रिडी सिनेमाको प्रयोग सुरुवात गरेका थिए ।
अहिले आएर विजय बेल्बासे पछिल्लो समयमा ‘आर्कीटेक टिकटक सेलीब्रेटी’ बनेका छन् । उनको व्याक्तिगत टिकटक एकाउन्टमा हाल सम्म ९० हजार भन्दा बढि फलोअर्स रहेका छन् ।