शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिद्धाराका क्यान्सर पिडित रानालाई आर्थिक अभाव

संगम बेल्बासे/ सिद्धारा ।

आर्थिक अभावका कारण अर्घाखाँचीका एक क्यान्सर पिडित पुरुषको उपचारमा समस्या भएको छ । क्यान्सर पिडित ३४ वर्षिय अयन बहादुर रानाको आर्थिक अभावका कारण थप उपचारमा समस्या देखिएको हो ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – ९ सिलिङ्खोला निवासी लोक बहादुर रानाका साईला छोरा हुन् अयन राना । अयन बहादुर रानाको अहिले दिल्लिको एम्स अस्पतालमा उपचार भईरहेको छ । उनी एक सामान्य परिवारमा हुर्केका रानाले सानो तिनो नोकरी गरी परिवार पाल्दै आएका थिए । रानाका हाल १ छोरा र १ छोरी पनि छन् ।

क्यान्सर रोगको कारण रानालाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार अहिले चिन्तित बनेको छ । उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेको छ ।

हालसम्म ३ लाख भन्दा बढी खर्च भई सकेको र अझै देखि १० देखि १२ लाखसम्म खर्च हुने भन्दै रकम संकलन जारी राख्न अस्पतालले पूर्व सूचना गराएको परिवार स्रोतले जनाएको छ ।

उपचार खर्चमा सहयोग गर्न चाहने महानुभावले तपशिलका मोबाईल नम्बरमा सम्पर्क गर्न सकिने परिवार स्रोतले जनाएको छ ।

साथै उनको उपचारमा सहयोग पुग्ने गरी आयन बचाउ सहयोग अभियान पनि संचालनमा रहेको छ । बिरामीको आफन्त अनिल रानाको संयोजकत्वमा समिति गठन भएको छ ।

अनिल राना (अभियान संयोजक) : 8862049943
महेश पुलामी (सदस्य) : 9545013662
योगेश सारु (सदस्य) : 7218539014
विजय गाहा (सदस्य) : 8421289527
अशोक सारु (सदस्य) : 9096039943

घनु गाहा (रातो प्रेस सदस्य) : 9844787266

अयन राना (बिरामी) को नम्बर : 9560834024
खाता नं. : 1613631056
IFSC KO KKBK0004627
Bank Branch Kotak Mahindra Bank