शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

ब्रेन ट्युमर पिडित पुलामीलाई आर्थिक अभाव

बिक्रम आचार्य/ शितगंगा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ जलुके निवासी गणेश पुलामिको श्रीमती वर्ष २३ की कल्पना पुलामीको विगत ६ महिना देखि थला परेकी छिन ।  ब्रेन ट्युमरबाट पिडित बनेकी उनको अहिले अहिले शिक्षण हस्पिटल भैरहवामा उपचारत भईरहेको छ ।

आचारका क्रममा अहिले सम्म १० लाख भन्दा बढि खर्च भई सकेको परिवार स्रोतले जनाएको छ । डाक्टरको सल्लाह अनुसार व्रेन ट्युमर वढेकोले किमो चढायर अप्रेसन गर्नुपर्ने भएको छ । त्यसको लागि आफ्नो अवस्था कमजोर भएकोले उपचार गरेर श्रीमतीलाई निको गराउन सबै मनकारी महानुभावमा सहयोगको लागि श्रीमान गणेश पुलामिले रातो प्रेस मार्फत अपिल गरेका छ्नलाई ।

साथै सहयोगी संघ संस्था साथै सहयोगी मन भएका नेपाली नागरिक सबैमा आफू सक्दो आर्थिक सहयोग गरिदिनुहुन उनका छिमेकी शिव सारु, गुन्जमान पुलामी लगाएतले सबैमा अनुरोध गरेका छन् ।

सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेको छ ।

पिडिको श्रीमान गणेश पुलामी : ९८६००४४८८६
ससुरा बुवा जुन वहादुर पुलामी : ९८४७३२१५९५

रातो प्रेस : ९८४७५७८३२५