शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाका वडामा सर्वसम्मत कमिटी गठन

सन्तोष आले/ अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकाका सबै वडामा नेकपा (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिकाका वडाहरुमा भएको अधिवेशनबाट वडा नं. १ को अध्यक्षमा बुद्धि प्रसाद मिश्र, वडा नं. २ को अध्यक्षमा रामु केसि, वडा नं. ३ को अध्यक्षमा राजन भाट, वडा नं. ४ को अध्यक्षमा मान बहादुर बिक, वडा नं. ७ को अध्यक्षमा बालकृष्ण शाह, वडा नं. ८ को अध्यक्षमा नेत्र प्रसाद पराजुलि, वडा नं. ९ को अध्यक्षमा बेदुराम भुसाल, वडा नं. १० को अध्यक्षमा डिल बहादुर राना भाट र वडा १२ अध्यक्षमा राम बहादुर नेपाली भएको माओवादी केन्द्र सन्धिखर्क नगर कमिटीले जनाएको छ ।

सन्धिखर्क नगरपालिका अन्तर्गतका सबै वडाहरूमा सभ्य र भव्य रुपमा सर्वसम्मत कमिटी गठन भएको नगर कमिटीले जनाएको छ । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नव प्रवेशिकाहरुलाई पार्टीले स्वागत गरेको थियो ।