शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सामाजिक अभियान्ता संगमद्वारा सामाजिक विकासको लागि सहयोग

अर्जुन बेल्बासे, अर्घाखाँची । सामाजिक अभियान्ता एवम् रातो प्रेस डटकमका प्रधान सम्पाद गणेश बेल्बासे संगमले सामाजिक विकासको लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

 

विजया दशमीको अवसरमा शितगंगा नगरपालिका वडा नं. १० बाटुले स्थित जनसाँस्कृतिक युवा क्लबले असोज २३ गते र शितगंगा-११, दुम्सी-ढोडेनी स्थित जागृती युवा क्लबले असोज २४ गते आयोजना गरेको दशैं विशेष सांस्कृतिक कार्यक्रममा समाजिक विकास एवम् असल कार्यहरुको निम्ति भनेर क्रमश रु. तिन हजार एक सय र रु. पाँच हजार एक सय सहयोग गर्ने घोषणा गरेका छन ।

 

विविध सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी समेत रहेका संगमले कार्यक्रमको उद्‌घाटन गर्दै समाजिक विकास एवम् असल कार्यहरु प्रति आफनो तर्फवाट सदैव साथ, सहयोग र समर्थन हुने वताए । साथै कार्यक्रम आयोजक टिमलाइ धन्यवाद दिदै संगमले परम्परागत कला संस्कृतीको संरक्षण र संस्कृतिलाइ सवैले जोगाइ राख्नु पर्ने बताएका छन् ।