मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा माओवादी केन्द्रका क्रियाशील सदस्यता नविकरण कार्य सम्पन्न, वडा अधिवेशनको तयारी तिब्र

घनश्याम खनाल/ अर्घाखाँची ।

नेकपा (माओवादी केन्द्र) ले देशैभरिका वडामा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेपछि अर्घाखाँची जिल्लामा पनि तयारी तीव्र रहेको छ । आगामी मंसिर ४ गते हुने वडा अधिवेशनको तयारी थालिएको पार्टीका जिल्ला संयोजक ठाकुर कुमार विक (किशोर) ले जानकारी दिए ।

भर्खर सदस्यता नवीकरण र सदस्यता दिने काम सकिएको उहाँले बताउनु भयो । अर्घाखाँची जिल्लामा नेकपा माओवादी केन्द्रका क्रियाशील सदस्य करिब ५ हजार रहेको उहाँले जानकारी दिनु भयो । अपडेट गर्ने कार्य जारी रहेको बताउनु भयो ।

अर्घाखाँचीमा माओवादीमा पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइएको उहाँले बताउनु भयो । अर्घाखाँचीमा माओवादी केन्द्रका केही नेताहरूले पार्टी छाडेर नेकपा एमालेमा  प्रवेश गरे पनि कार्यकर्ता भने पार्टीमै रहेको उहाँले बताउनु भयो ।

माओवादी केन्द्रबारे फैलाइएको भ्रमलाई चिर्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर पार्टीले निर्वाह गरेको भूमिकालाई जनतासम्म प्रभावकारी रुपमा प्रवाह गर्नका लागि वडा अधिवेशन सार्थक हुने संयोजक विकको भनाइ छ ।