शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

इलाममा मदिरा पिएर भाइले गरे दाजुको हत्या

इलाम । इलामको चाँपगैरीमा भाईले दाजुको हत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ चाँपगैरी वस्ने वर्ष ३० का चक्र मुखियाले आफ्नै दाजु इच्छा मुखियालाई धारीलो हतियार प्रयोग गरि आज साँझ ६ः४० को समयमा हत्या गरेका हुन् ।

आफ्नै काका मान वहादुर मुख्याको घरमा मादक पदार्थ सेवन गरेर वसिरहेको वेला विवाद भए पछि दाजुलाई धारीलो हतियार (चक्कु) प्रहार गरेर हत्या गरेका हुन ।

हत्याका आरोपी चक्र मुखियालाई अहिले प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलाममाले जनाएको छ । – News24 nepal