बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको दुम्सी-ढोडेनीमा सँराय एवम सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्घाखाँची । परम्परागत कला संस्कृतीको संरक्षण गर्दै सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्यले जागृती युवा क्लबले अर्घाखाँचीको शितगंगा ११ दुम्सी-ढोडेनीमा दशैं विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विजया दशमीको त्रियादशीको अवसर पारी भएको संराय एवम् दशैं विशेष सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यकममा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई आयोजकद्वारा कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा वडा नं. ११ का वडाध्यक्ष कपिल आले, विशिष्ट अतिथीमा शितगंगा नगर कार्यपालिका सदस्य विष्णु परियार (गोकुल), सामाजिक अभियान्ता एवम् पत्रकार गणेश बेल्बासेले रहेका थिए ।

कार्यक्रममा बोल्ने अतिथीहरूले शुभकामना मन्तव्यमा बोल्दै सामाजिक विकासमा युवाहरूको भूमिका रहनु पर्ने बताएका छ्न् ।परम्परागत धर्म तथा संस्कृतिको संरक्षणमा खेलेको भूमिकालाई धन्यवाद व्यक्त गरेका छ्न् ।

सामाजिक अभियान्ता गणेश बेल्बासेले संस्थाको उद्देश्य सफल बनाउन रु. ५१,००/- आर्थिक सहयोग समेत घोषणा गरेका छ्न् ।

पुरानो धर्म तथा संस्कृतिक संरक्षण गर्दै सामाजिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रमबाट संकलितउ सहयोग रकम सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम कमलेस आलेको अध्यक्षता र निरज घर्तीको संचालनमा सम्पन्न भएको थियो ।