शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि-९ मा कार्तिक २५ गतेदेखि वडाकप फुटबल प्रतियोगिता हुदै

संगम बेल्बासे/ कपिलवस्तु ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा वडाकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सुर्योदय युवा क्लबको आयोजना र बुद्धभूमि -९ को आर्थिक सहयोगमा प्रतियोगिता संचालन हुन लागेको हो ।

फुटबल प्रतियोगिता जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लबका अध्यक्ष बाबुराम गिरीले बताएका छन्। फुटबल प्रतियोगिता कार्तिक २५ गतेदेखि संचालन गरिने उनले बताए । खेल सञ्चालन भोली बिहान ११ बजे खेलको उद्‌घाटन हुने जानकारी गराइएको छ ।

वडा कप प्रतियोगितामा सहभागी भएका विजेताले नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिने क्लबका सचिव शिव खनालले बताएका छन् ।

प्रतियोगितामा वडा भित्रका खेलाडीहरूको सहभागिता रहने कार्यक्रम संयोजक प्रदिप केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी तीब्ररुपमा अगाडि बढिरहेको छ । मैदानको सरसफाई, प्राविधिक तयारी तथा वडा तहमा टिम निर्माणका लागि समन्वय गरेर काम गरिरहेको केसीले बताए ।

खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले खेल संगै सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।