
संगम बेल्बासे/ कपिलवस्तु ।
नव सर्जक गायक अभय विश्वकर्माको नयाँ नेपाली लोक पप गित ‘जोवान’ सार्वजनिक भएको छ । अभय विश्वकर्माको शब्द, संगित र स्वरमा रहेको लोक पप गित सार्वजनिक भएको हो ।
अत्यन्तै मार्मिक शब्द रहेकोले लोक पप गितमा गायक अभय र सुक्रिति कोईरालाको अभिनय रहेको छ ।
म्यूजीक भिडियोलाई सनराज रानाले निर्देशन गरेका हुन् । रिजेक्टेड प्रोडक्शन टिमले निर्माण गरेको गीतलाई अभय विश्वकर्माको अफिसियल चुट्युब च्यानेलबाट सार्वजनिक भएको छ ।